३० आश्विन २०८३, शुक्रबार

भालुको आक्रमणबाट दुई प्रहरी घाइते

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

रसुवा, १५ मंसिर । ब्यारेकको खानेपानी व्यवस्थापन गर्न काममा खटिएका दुई सशस्त्र प्रहरी भालुको आक्रमणबाट घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार घाइते हुनेमा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा एवं राजश्वगस्ती २१ नम्बर गुल्म तिमुरेमा कार्यरत सहायक हवल्दार वीरबहादुर थिङ र प्रहरी जवान किरण तामाङ रहेका छन् ।

आक्रमणमा पर्ने रसुवा जिल्ला नौकुण्ड गाउँपालिका–४ स्थायी घर भएका सहायक हवल्दार थिङको टाउकोमा गम्भीर चोट लागेको छ भने नुवाकोट जिल्ला सूर्यगढी गाउँपालिका–१ घर भएका प्रहरी जवान तामाङको अवस्था सामान्य रहेको बताइएको छ ।

रातको समयमा हेलिकप्टर आउन नसक्ने भएका कारण एम्बुलेन्सद्वारा उपचारार्थ काठमाडौँ पठाइएको प्रजिअ भण्डारीले जानकारी दिनुभयो । –रासस