३० आश्विन २०८३, शुक्रबार

घोराही १६ को वडाध्यक्षमा कांग्रेस विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १५ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका तारावहादुर डाँगी १ हजार २ सय १८ मत प्राप्त गरि निर्वाचित भएका हुन् ।

उनका प्रतिष्पर्धी नेकपाका सुरेश केसीले १ हजार १ सय १७ मत प्राप्त गरे । कुल ४ हजार ४ सय ५३ मतदाता रहेको यो वडामा ३ हजार २ सय २६ मत खसेको थियो ।

यसैगरि स्वतन्त्र उम्मेदवार जगलाल चौधरीले ७ सय २० मत प्राप्त गरे । उनले नेकपाबाट असन्तुष्ट भई बागी उम्मेदवारी दिएका थिए ।

तत्कालीन नेकपाबाट विजयी वडा अध्यक्ष लक्षिण बुढाको निधन भएपछि यो वडामा उपनिर्वाचन भएको हो ।