३० आश्विन २०८३, शुक्रबार

उपनिर्वाचन अपडेट : धरानमा कांग्रेस अगाडि

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ मंसिर । धरान उपमहानगरपालिकाको उपचुनावमा नेपाली कांग्रेस अगाडि आएको छ । नेपाल कम्युनिस्ट पार्टीलाई ४३४ मतले कांग्रेसले पछाडि पारेको हो । त्यहाँ कांग्रेसका उम्मेदवार तिलक राई छन् भने नेकपा उम्मेदवार प्रकाश राई चुनावी मैदानमा थिए ।

यसअघि नेकपाले अग्रता कायम गरिरहेकोमा वडा नम्बर १६ को मतगणना थालेपछि कांग्रेस उम्मेदवारले उछिनेका हुन् ।

हालसम्मको गणनाअनुसार कांग्रेसले ६ हजार ८५७ मत पाएको छ । नेकपाले ६ हजार ४२३ मत ल्याएको छ ।