
काठमाडौँ, १४ मंसिर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विजयी भएको छ । नेकपाका उम्मेद्वार कृष्णबहादुर तामाङले ५२८ मत ल्याएर विजयी भएका हुन् ।
उनले शनिबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार दीपबहादुर तामाङलाई पराजित गरेका हुन् ।
कुल एक हजार १२९ मतदातामध्ये ९२४ मत खसेको थियो । जसमा ४ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।















प्रतिक्रिया