३० आश्विन २०८३, शुक्रबार

थवाङमा सत्तारुढ नेकपा उम्मेदवार विजयी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ मंसिर । रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार जनक बहादुर बुढा विजयी भएका छन् । शनिबार भएको उपनिर्वाचनबाट नेकपा उम्मेदवार बुढा विजयी भएका हुन् ।

१६.४ प्रतिशत मत खसेको थवाङमा १७४ मत ल्याएर नेकपाका बुढा अध्यक्ष निर्वाचित भए । उनले नेपाली कांग्रेसका कमलबहादुर रोका मगरलाई हराएका हुन् । मगरले २६ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत रमेश ज्ञवालीले जानकारी दिए । उनका अनुसार ९ मत बदर भएको छ ।

थवाङमा दुई सय ९ मत खसेको थियो । त्यहाँ एक हजार दुई सय ७४ जना मतदाता भए पनि मतदानमा उत्साहपूर्ण सहभागिता थिएन ।