३० आश्विन २०८३, शुक्रबार

नेता नेपाल स्वदेश फिर्ता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपाल टर्की र मेसोडोनियाको भ्रमण गरी आज स्वदेश फर्कनुभएको छ ।

टर्कीको इस्तानबुलमा आयोजना हुने ‘दशौँ बोस्फोरस सम्मेलन’ मा सहभागी हुन उहाँ मङ्सिर ६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । टर्कीपछि उहाँ मेसोडोनिया जानुभएको थियो । मेसोडोनियामा रहँदा उहाँले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसंग भेटवार्ता गनुभएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

टर्कीमा हुने सम्मेलनमा गत शनिबार उहाँले नयाँ विश्व व्यवस्था, मानवकेन्द्रित विकास, प्रविधि र सुशासनका विषयमा सम्बोधन गर्नुभएको थियो । टर्कीका राष्ट्रपतिको निमन्त्रणामा उहाँ त्यसतर्फ जानुभएको थियो । सम्मेलनमा विश्वका विभिन्न देशका पूर्वसरकार प्रमुखको सहभागिता रहेको थियो ।

मेसोडोनियामा उहाँले बालकोन विश्वविद्यालयमा अतिथि प्राध्यापकको रुपमा सहभागी हुनुभएको थियो । –रासस