३० आश्विन २०८३, शुक्रबार

१ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १४ मंसिर । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ गरेको छ । राहदानी नम्बर ईआई ७९९७८८२ वाहक चिनियाँ नागरिक २२ वर्षीय क्ब् ीग्त्ग्क्ष् एक किलो सुनसहित शुक्रबार राती पक्राउ परेका हुन् ।

तिब्बत एयरको उडानद्धारा चीनबाट काठमाडौं आएका उनलाई भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले आगमन कक्षको भन्सार वाकथ्रु गेटमा जाँच गर्ने क्रममा शरीरमा शंकास्पद वस्तु रहेको मेटल डिडेक्टरले संकेत गरेपछि नियन्त्रणमा लिएर केएमसी सिनामंगल लगि एक्सरे गर्दा मलद्वारभित्र ४ वटा टुक्रामा लुकाइ ल्याएको उक्त परिमाणको सुन निकालिएको थियो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।