आइतबार, १५ मंसिर २०७६
DainikNepal.com
आइतबार, १५ मंसिर २०७६

र, रामदासीहरू भन्छन्– हकले चुमिस्यो, हजुरकै हुँ !

दैनिक नेपाल २०७६ मंसिर १४ गते १३:३७

-विनोद ढकाल

बाँच्नुमात्र पर्छ, केके देखिन्छ, केके सुनिन्छ यो मुलुकमा । आफ्नी स्वास्थ्य सहायकसँगको अन्तरंग संवादले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार जेलमा लुडो खेल्न बाध्य बनायो ।

यस्ता अतिरिक्त, विवाहहेत्तर सम्बन्धका कठोर कथा सार्वजनिक रुपमा नै खुल्न थालेका छन् । कास्की स्थायी ठेगाना भएका कृष्णदास गिरी उर्फ सिद्धबाबा बलात्कार अभियोग प्रकरणको अर्को नमूना अभियोगकर्ता सलिना रामदासीले पठाएको म्यासेजले खुलाउन थालेको छ । ति म्यासेजले बलात्कार हो या होइन भन्ने प्रमाणित गर्दैन, तर समाजको चित्र र मानिसका चरित्रमाथि शंका गर्ने ठाउँ पैदा गर्छ, निश्चय नै ।

सन्तान छन् । पति छन् । बेपर्वाह एउटा गेरुबस्त्रधारीको सम्बन्धको सतह यति खकुलो छ भने कति छन् कृष्णदासहरू यो समाजमा । साधारण मानिसको घर परिवार बेहाल हुने कारण के हुनसक्छ, को हुनसक्छ ? यसलाई समाजिक दर्पणमा राखेर तौलिनुपर्ने बेला भएन र ?

यहि घटनालाई टिपेर विश्लेषण गर्नुपर्दा तीन विषय आधार बनाउँदा उचित हुनेछ । सामाजिक परिवेश, धर्मको आडम्बरीका खेल र इगोका शंकास्पद पात्रहरूका विषयमा चर्चा अनिवार्य हुन्छ ।

धर्म आस्था हो, यसले बाँच्ने कसरी, कुन बाटो समात्ने ? कुन लयमा दौडिने भन्ने पाठ सिकाउँछ । के पवित्र काम, के अपवित्र काम । कस्तो समाजको दृष्टि, कस्तो पुण्यकर्म भन्ने सिकाउँछ । यी सबै सत्य, सरल र मानवीय जीवनलाई सन्तोषजनक कसरी बनाउने भन्ने ज्ञान बुझाउने माध्यम न हो, धर्म ।

समाजको चित्र

एउटा इन्स्युरेन्स कम्पनीमा काम गर्ने लक्ष्मणजीले अमेरिकाको उदाहरण दिँदै सुनाएत्यहाँको सबैभन्दा महँगो इन्स्युरेन्सचाहिँ डिभोर्सको हुँदो रहेछ । विवाहपूर्व नै जोडीले यो इन्स्युरेन्स गरेनन् भने पछि पैसा पाउँदैनन् । यो यति विध्न चलेको छ की, अब अमेरिकामा पैसा चाहियो भने पति पत्नीले डिभोर्स अनिवार्य जस्तो बनाउन थाले ।

रामदासीले म्यासेजमा भनेकी छन्– बुढाले छुँदा पीडा हुन्छ । बुढाको विकल्पमा उनका अनेक स्थायी सम्बन्ध हुन सक्ने थिए । तर यति लामो म्यासेज सिद्धबाबालाई नै गर्नुको अन्तरंगको छानबिन गर्दा सबै चिज सतहमा आउँछ

सिद्धबाबा र रामदासीको कहानी रामरहिम र हनिप्रीतको भन्दा फरक होला रुपमा, सारमा उस्तै भेटिन्छ । रामरहिम जेलमा छन्, हनिप्रीत जेलमुक्त भएकी छन् । तर, जेलमा हुँदा पनि हनिप्रीत रामरहिमको आलिंगनमा पुग्नका लागि जेलरसँग याचना गरिरहेका खबर त्यसबेला नै सार्वजनिक भएको थियो । सिद्धबाबालाई रामदासीले पठाएको म्यासेजलाई नजरअन्दाज नगरी विश्लेषण गर्ने हो भने यो सम्बन्ध नयाँ होइन । नयाँ नभन्नका लागि सिद्धबाबा हुनुअघि गिरीको तत्कालिक पृष्ठभूमीमा पुग्नुपर्छ । बलात्कारको अभियोग लगाएकी रामदासी पनि कास्की जिल्लाकी स्थायी हुन् । गिरीको स्थायी जिल्ला कास्की नै हो । बराहक्षेत्र पुग्नुअघि कृष्णदास गिरीले कास्कीको सयर राम्रोसँग गरेका थिए । एक हिसाबले यो प्रकरणको खोजीनीतिको उदाहरणका रुपमा निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनी शाहीको सम्बन्धको पृष्ठभूमीमा राखेर पनि तौलिनुपर्छ । यो प्रश्न गर्न सक्नुपर्छ किके कास्कीमा गिरी र रामदासीको सम्बन्ध स्थापित नभएको हुन सक्छ ?

रामदासीको म्यासेजले उव्जाउने शंकाको पहिलो कारण हो, ४४ दिन ! अर्को कारण हो, चरण छुन पाउँ, पाप आफैं पखाल्छु । सिद्धबाबासँग रामदासीको भेट नै भएको छैन भनेर दाबी गरिएको छ तर दिन तोकेर अल्टिमेटम किन दिइयो ? रादासीले म्यासेजमा भनेकी छन्बुढाले छुँदा पीडा हुन्छ । बुढाको विकल्पमा उनका अनेक स्थायी सम्बन्ध हुन सक्ने थिए । तर यति लामो म्यासेज सिद्धबाबालाई नै गर्नुको अन्तरंगको छानबिन गर्दा सबै चिज सतहमा आउँछ । दुई सन्तानकी आमा । शारिरीक भोक या प्रेमभाव, कुनै साधुमाथि किन पलाउँछ ? साधु सजग छन् । उनले फोनमात्र गरेका छन् । लेखेका छैनन् । यो हदसम्म ति अर्धबैंशे महिलाले म्यासेज लेख्ने वैचारिक अफिम कतै साधुले नै खुवाएका होइनन् ? प्रश्न गर्न पाइन्छ ।

नेपाली परिवारमा देखिएको यो प्रसव बेदना पनि हो । जसरी समाज भताभुङ्ग अवस्थामा चलेको छ, यसले दोष सम्बन्धित प्रशासनिक निकायलाई थुपारेर आफू चोखिने बेतुके तर्क पनि गर्छ । वास्तवमा प्रविधि, सञ्चार र यसको बलियो उपयोगले सामाजिक चिन्तनलाई सेक्ससोसियोलोजीको योगसँग तुलना गर्न बाध्य पारेको छ । त्यसैले म भन्न चहान्छु यो समाज सेक्सियोलोजी बनिरहेको छ, यसबाट उम्कनका लागि कानुनका डण्डा हैन, हर घरमा सामाजिक चेत, पारिवारिक चेतको अवस्था बलियो हुनुपर्छ ।

 जे नेपत्थ्यको कारण हुनसक्छ !

समाजको गति कतातिर धकेल्छ भन्ने त प्रस्ट नै छ परिवार पनि कसरी विग्रहको खाडलमा छ भन्ने जोखिमपूर्ण उदाहरण देखाएको छ । यसबाट पार पाउनका निम्ति कानुनी डण्डा होइन, सामाजिक चेत, भ्रमभित्रको खोलबाट मुक्त हुनुपर्छ । अन्यथा म्यासेजहरू फेरि पनि पढ्न पाइनेछ– हकले चुमिस्यो, हजुरकै हुँ !

कृष्णदास गिरीलाई नजिकबाट चिनेको छैन । तर उनका अनेकन हर्कत र सम्बन्धबारे जानकारी राखिएको छ । यी गिरी निक्कैपछि बराहक्षेत्र पुगेका हुन् । त्यसअघि बालसन्तले त्यहाँको धार्मिक सत्तामा एकलौटी, एकांकी निर्णय गरिरहेका थिए ।

गिरीको प्रवेशपछि बालसन्तसँग शीतयुद्ध जस्तो भयो । बालसन्त गिरीभन्दा उच्च हुनका लागि जगतगुरुको उपमा लिन भारत भास्सिए केही समय । उनी गिरीभन्दा उपल्लो दर्जा लिएर फर्किए, राज्यले सेवा सुविधा र सुरक्षा दिनुपर्ने भयो । पहिलो जगतगुरु भए । यो शीतयुद्ध यतिमा सकिएन, गिरीले पनि जगतगुरुको उपमा लिएर आए । अहिले यी दुईको आश्रम अलग होला तर प्रतिशोधको ज्वारभाटा अलग भएको मलाई लाग्दैन । सलिना रामदासी यी दुवैबीचको कसी पनि हुन सक्छिन्, त्यो विन्दुमा उभिएर पनि यस घटना र निम्तिएका परिघटनालाई प्रहरीले अनुसन्धान गरोस् । गर्दा राम्रो हुन्छ । अन्य कारण भए, चाँडै खुलाओस् ।

यो घटनाबाहेक समाजमा यस्ता अनेक चित्र विचित्र नै छन् । कति छन् रामदासीहरू ? छन् । पर्याप्त छन् । हाइप्रोफाइलका मात्र होइन, तल्लो तहसम्मको डिभोर्सको रेटलाई विश्लेषण गर्दा रामदासीहरूको संख्या बाक्लो छ, कृष्णदास सरह । गाउँतिर चल्ने भाषा पोइला जाने या सौता ल्याउने भन्ने चर्चा यसका सतहका सत्य हुन् । सहरतिर भने यसलाई एक्स्ट्रा म्यारिटियल अफेयर भनिन्छ । यी सबै रुप रामदासीहरू र कृष्णदासहरूकै हुन् । यसले समाजको गति कतातिर धकेल्छ भन्ने त प्रस्ट नै छ परिवार पनि कसरी विग्रहको खाडलमा छ भन्ने जोखिमपूर्ण उदाहरण देखाएको छ । यसबाट पार पाउनका निम्ति कानुनी डण्डा होइन, सामाजिक चेत, भ्रमभित्रको खोलबाट मुक्त हुनुपर्छ । अन्यथा म्यासेजहरू फेरि पनि पढ्न पाइनेछहकले चुमिस्यो, हजुरकै हुँ !

प्रतिक्रिया
सम्बन्धित