३० आश्विन २०८३, शुक्रबार

भ्रमण वर्ष सफल पार्न उद्योगीले प्रयास थाले

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १३ मंसिर । सरकारले घोषणा गरेको नेपाल भ्रमण २०२० सफल बनाउन उद्योगी–व्यवसायीले पनि प्रयास थालेका छन् । नेपाल उद्योग परिसङ्घले आज नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुणातिलकेसँग पर्यटन प्रवद्र्धन, उद्योग तथा वाणिज्य क्षेत्रमा सहकार्य एवम् दुई देशबीचको सम्बन्धका बारेमा छलफल गरेको हो ।

लुम्बिनी श्रीलङ्काका जनताको धार्मिक आस्थाको केन्द्र भएको र गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउँदै गरेको पृष्ठभूमिमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन श्रीलङ्का सरकारको महत्वपूर्ण सहयोग रहने परिसङ्घले अपेक्षा गरेको छ ।

धार्मिक पर्यटन एवं सांस्कृतिक सम्बन्धको विकासमा दुई देशबीच थप सहकार्यको यथेष्ट सम्भावना रहेकाले यस कार्यलाई बढाउन परिसङ्घ दूतावाससँग सहकार्य गर्न इच्छुक रहेको परिसङ्घका अध्यक्ष शतिश मोरलेले श्रीलङ्काका राजदूतसँगको भेटमा बताउनुभयो ।

अध्यक्ष मोरले नेपाल श्रीलङ्का दुवै मुलुकले द्विपक्षीय, क्षेत्रीय एवं अन्तर्रा्ष्ट्रियस्तरका व्यापार, लगानी र पर्यटनमा ठोस योगदान दिन सक्ने देखिए पनि अपेक्षित मात्रामा व्यापार र लगानी विस्तार हुन नसकेको उल्लेख गर्नुभयो ।

सो अवसरमा श्रीलङ्काका राजदूतले रबर उत्पादनका साथै नरिवलको तेल र नरिवलको दूध उत्पादन एवं निर्यातमा आफूहरु अब्बल रहेकाले नेपालमा समेत ती वस्तुको बजार प्रवद्र्धनको सम्भावना भएको बताउनुभयो । –रासस