३० आश्विन २०८३, शुक्रबार

रक्षामन्त्री पोखरेलद्वारा काठमाडौँ-तराई/मधेश द्रुतमार्ग निरीक्षण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १३ मंसिर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंसिर १३ गते राष्ट्रिय गौरवको आयोजना काठमाडौँ-तराई/मधेश द्रुतमार्ग आयोजनाको निर्माणाधीन सडकको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षणको क्रममा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले मख्खुवेशी, सिस्नेरी, बुदुने, राजदमार, बागदेव ईलाका र निजगढ स्थित Zero Point को स्थलगत निरीक्षण गरेका छन् । पोखरेलले त्यहाँको स्थानीय कमाण्डर (Site Incharge) बाट वस्तुस्थिति तथा कार्य प्रगतिको बारेमा जानकारी लिएका छन् ।

साथै राजदमार क्याम्पमा रहेको नर्सरी र गुणस्तर परीक्षण ल्याबको समेत निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा माननीय उपप्रधान तथा रक्षामन्त्री पोखरेलले आयोजनालाई समयमा नै सम्पन्न गर्न आईपर्न सक्ने मुख्य चुनौतीहरुको बारेमा समेत जानकारी लिएका छन् ।

उक्त निरीक्षणमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कँडेल, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मिराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की, रथीवृन्द, अर्थ मन्त्रालयका सह सचिव, सम्बन्धित क्षेत्रका विज्ञहरु र नेपाली सेनाका अधिकृतहरुको समेत सहभागिता रहेको थियो । निरीक्षण भ्रमण सम्पन्न गरी उनीहरु आजै काठमाडौं फिर्ता भएका छन् ।