
काठमाडौँ, १३ मंसिर । माछापुच्छ्रे बैंक लिको सम्पूर्ण एटिएम तथा प्वाइन्ट अफ सेल्स (POS Machine) हरुमा अव मास्टर कार्ड (Master card) स्वीकार गर्न माछापुच्छ्रे बैंक लि.मास्टर कार्ड (Master card) को सञ्जालसँग आवद्ध भएको छ ।
विशेषगरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु तथा मास्टर कार्ड (Master card) लिएका नेपाली ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक मास्टर कार्ड (Master card) सँग आवद्ध भएको हो ।
अब ग्राहक महानुभावहरुले माछापुच्छ्रे बैंक लि. को १७० भन्दा बढि एटिएम मार्फत नगद निकाल्न तथा १ हजार भन्दा बढि प्वाइन्ट अफ सेल्स (POS machine) मार्फत सामान खरिदको रकम भुक्तानी गर्न सक्नेछन् । बैंकले छिटै नै आफ्ना ग्राहकहरुलाई मास्टरकार्ड (Master card) जारी गर्ने समेत जनाएको छ ।
मास्टर कार्ड (Master card) सँगै बैंकका सम्पूर्ण एटीएम र प्वाइन्ट अफ सेल्सहरु (POS machine) मा भीसा (Visa), यूनियन पे (UnionPay), मास्टरकार्ड (Master card) र मेस्ट्रो (Maestro Card) कार्डहरु सजिलै प्रयोग गर्न सकिनेछन् ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।
माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४४ वटा शाखाहरु, १३७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १७० वटा एटीएमहरु मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैँकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।















प्रतिक्रिया