२९ आश्विन २०८३, बिहिबार

माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ मंसिर । चन्द्रागिरिमा माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ खुशी होटल नजिक बाटो बनाउने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरेर दाङ बबई गाउँपालिका–१का प्रेम पुन र प्रकाश घर्तीको मृत्यु भएको हो ।

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काले बाटो बनाउने क्रममा एक्कासि माटोको ढिस्को खसेर दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो । मृतकको शव अहिले ओम समाज अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । –रासस