
काठमाडौँ, १२ मंसिर । बहुराष्ट्रिय कम्पनी बर्जरको उत्पादन गरेको इनामेल गुणस्तरहीन भएको भेटिएको छ । बर्जरले उत्पादन गरेको इनामेलमा सिसा (लिड)को मात्रा नेपाल गुणस्तरले तोकेको मापदण्ड भन्दा धेरै रहेको फेला परेको हो ।
गुणस्तर तथा नापतौल विभागले उद्योग तथा बजारबाट नमुना संकलन गरी गरेको परीक्षणमा बर्जरले उत्पादन गर्दै आएको इनामेलमा सिसाको मात्रा धेरै भेटिएपछि कारवाही अघि बढाउने तयारी गरिएको छ ।
नेपालको मापदण्डअनुसार इनामेलमा लिडको मात्रा ९० पार्ट्स् पर मिलियन (पिपिएम)भन्दा कम हुनुपर्नेमा बर्जरले उत्पादन गर्दै बजारमा पठाएको इनामेलमा लिडको मात्रा मापदण्ड भन्दा दोबर बढी प्रयोग भएको फेला परेको विभागले जनाएको छ ।
अन्य कलर उत्पादक कम्पनीका रंगहरुमा भने मापदण्डअनुसार नै रहेको विभागको अदिकारीले जनाएका छन् । बर्जरमाथि आवश्यक कारवाहीको तयारी गरेको गुणस्तर विभागले जनाएको छ ।















प्रतिक्रिया