३० आश्विन २०८३, शुक्रबार

लैंगिक हिंसाविरुद्ध समुदायमा सचेतना जगाउँदै बर्दिया प्रहरी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बर्दिया, १२ मंसिर । बर्दिया जिल्लाका विभिन्न स्थानमा ‘लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान” अन्तर्गत लैंगिक हिंसा न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम वुधबार सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दिया तथा मातहतका कार्यालय, समुदाय प्रहरी वडा समिति, समुदाय प्रहरी टोल समितिको संयुक्त आयोजना तथा बर्दिया जिल्लामा क्रियाशील महिला अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुको सहकार्यमा उक्त सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, स्थानीय तहका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख तथा प्रतिनिधिहरु, शिक्षक, बिद्यार्थी, समाजसेवी, स्थानीय भद्रभलादमी, नागरिक समाज, स्थानीय संचारकर्मी, महिला संजाल लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।