
-महेश सिंह
सिरहा, १२ मंसिर । सिरहाको सुखीपुर नगरपालिकामा अनौठो जनावर भेटिएको छ । सिरहाको सुखीपुर नगरपालिका १० बस्ने कारी साहको घर नजिकै रहेको बारीमा अनौठो खालको देखिने एउटा जनावर वुधवार भेटेका छन् । जनावर हेर्न स्थानीयहरुको भिड लागेको छ ।
झट्ट हेर्दा यो जीव अनौठो तराई मधेश कहिले नदेखेको कसैलाई नाम पनि थहा नभएको र नियालेर हेर्दा भालु प्रजाति जस्तो देखिन्छ । रौँ हेर्दा गोही जस्तो देखिन्छ । तर यो जीव भालु र गोही मध्ये कुनै पनि होईन । यो अचम्मको जीव हो ।
हेर्न जाने मान्छेको भिड लागेपछि ईलाका प्रहरी कार्यालय सुखीपुरमा पठाएको राजापाका स्थानीय युवा नेता सरोज यादवले जानकारी गराए । जनावर ईलाका प्रहरी कार्यालय सुखीपुरको जिम्मा लगाएको यसलाई हामी समयमै वन्यजन्तु केन्द्रमा पठाउने बताए ।















प्रतिक्रिया