२९ आश्विन २०८३, बिहिबार

ग्लोबल आइएमई बैँकको ३ नयाँ शाखा सञ्चालनमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले मंसिर ११ गते ३ वटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं. ४, पिपल्ला बजार, डोटी, भिमेश्वर नगरपालिका वडा नं. २, चरिकोट, दोलखा र सिद्धार्थनगर नगरपालिका वडा नं. १, भैरहवा, रुपन्देहीस्थित विशेष औद्योगिक क्षेत्र परिसरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

तीन नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १५३ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले १५३ वटा शाखा, ३१ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १९५ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।