२९ आश्विन २०८३, बिहिबार

जनजाति, महिला र दलित पनि प्रम हुनेछन् : अध्यक्ष दाहाल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

धरान, ११ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टलाई फुटाउने मानसिकता बोक्ने विपक्षीह्ररुको सपना कहिल्यै पूरा नहुने बताउनुभएको छ ।

नेकपा निर्वाचन परिचालन कमिटी धरानले आज आयोजना गरेको चुनावी सभामा उहाँले काँग्रेसले नेकपालाई बदनाम गराए आफँै सकिने बताउनुभयो । “नेपालको विकास कम्युनिष्टले गर्छ ।

अब चाँडै आदिवासी जनजाति, महिला र दलित प्रधानमन्त्री बनेको देख्न पाउने दिन आउनेछन्”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “हामीले महिला राष्ट्रपति, जनजाति उपराष्ट्रपति, महिला सभामुख बनाइसकेका छौँ ।

अब महिला, जनजाति र दलित प्रधानमन्त्री बनाउने पालो छ ।” सभामा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेता भीम आचार्य, नगर प्रमुखका उम्मेदवार प्रकाश राईलगायतले बोल्नुभएको थियो । –रासस