२९ आश्विन २०८३, बिहिबार

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ मंसिर । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले कम्पनीमा नायव महाप्रन्धक पदमा कार्यरत शरण रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ ।

स्नातकोत्तर तह उतिर्ण गरी विगत २७ वर्षदेखि निर्जीवन बीमा तथा बित्त क्षेत्रमा कार्यरत रेग्मीले तत्कालिन एनआईडिसी क्यापिटल मार्केट् लि. (हाल सनराईज क्याटिलमा) २ वर्ष, युनाईटेड इन्स्योरेनस कम्पनी (नेपाल) लिमिटेडमा ७ वर्ष, सगरमाथा इन्स्योरेन्स लिामिटेडमा ८ वर्ष, सिद्धार्थ डेभलपमेण्ट बैँक लि. (हाल जनता बैंक लि.) मा ६ वर्ष र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडमा ४ वर्ष कार्य गरेको लामो अनुभव रहेको छ ।

बीमा तथा वित्त क्षेत्रलाई नजिकबाट नियालेका रेग्मीले उक्त क्षेत्रको शुच्छम अध्ययन गरी सहायक स्तरबाट आफनो सेवा शुरु गरी विभिन्न पद र विभागमा कार्य गर्दै निरन्तर कर्ममा विश्वास गर्ने व्यक्तिको रुपमा आफूलाई स्थापित गर्दै आएका छन् ।

शरण रेग्मीलाई आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले मिति २०७६ साल मंसिर १० गते देखि लागु हुने गरी नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नियुक्ती गरेको छ ।