
काठमाडौँ, ११ मंसिर । अर्घाखाँचीको सडकबाट बस खस्दा मृत्यु हुनेको संख्या १७ पुगेको छ । सन्धिखर्क नगरपालिका ६ नरपानीबाट वुधबार अपराह्न बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो ।
दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन् ।
घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ । घाइतेको उपचार भइरहेको छ । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको थियो ।















प्रतिक्रिया