२९ आश्विन २०८३, बिहिबार

उपनिर्वाचनको आवश्यक तयारी पूरा : निर्वाचन आयाेग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ मंसिर । मंसिर १४ गते शनिबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार उपनिर्वाचनका लागि आवश्यक निर्वाचन सामग्रीहरू सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुगिसकेको छ । त्यस्तै, मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारीहरु परिचालन भइसकेको छन् ।

उपनिर्वाचन हुने ३७ जिल्लाका २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीलगायत सुरक्षाकर्मीहरू आवश्यक मतदानका सामग्रीहरूसहित बुधबार साँझसम्म मतदान केन्द्रमा पुगिसक्ने निर्वाचन आयोगले जनाएको छ ।