
ललितपुर, १० मंसिर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका २४ धापाखेल बस्ने २४ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले श्यामलाल तामाङलाई सोमबार साँझ पक्राउ गरेको हो ।
तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया