१४ कार्तिक २०८३, शनिबार

ट्याक्टरले किचेर एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १० मंसिर । भरतपुर महानगरपालिका–२६ खयरघारीमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गैँडाकोटका ५५ वर्षीय खागिराम रानामगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार राति ११ बजे ना७त ४७० नं को ट्याक्टरमा धान लोड गरेर ल्याउने क्रममा ट्याक्टरबाट खस्दा रानामगरलाई पछाडीको चक्काले किचेको थियो ।

उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस