३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओली अचानक अस्पताल पुगे

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

स्वास्थ्यमा अचानक समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान त्रिवि अस्पताल लगिएको हो ।

ओलीलाई पेट दुख्ने समस्या देखिएको जनाइएको छ । ओलीको स्वास्थ्य जाँच भइरहेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, १४, ३० र मंसिर ८ गते गरी चारपटक डायलासिस गरिसकेको छ ।