मंगलबार, १० मंसिर २०७६
DainikNepal.com
मंगलबार, १० मंसिर २०७६

जुलियन असान्जलाई ६० डाक्टरकाे खुलापत्र

दैनिक नेपाल २०७६ मंसिर १० गते ६:४९

लण्डन । विकिलिक्सका सम्पादक जुलियन असान्जको जेलभित्रै मृत्यु हुनसक्ने भन्दै लण्डनका ६० जना डाक्टरले संयुक्त पत्र लेख्दै अस्पताल भर्ना गराउन आग्रह गरेका छन् । सोमबार उनीहरुले लेखेको खुलापत्र सार्वजनिक भइसकेको छ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार ४८ वर्षीय अष्ट्रेलियन नागरिक असान्जलाई अमेरिकाले बेलायतबाट प्रत्यार्पण गर्न चाहिरहेको छ । डाक्टरहरुले बेलायती गृहमन्त्री, आन्तरिक मामिला मन्त्री लगायतलाई खुलापत्र लेखेका हुन् ।

असान्जको स्वास्थ्य बिग्रँदै गएकोमा डाक्टरहरुले पत्रमार्फत चिन्ता व्यक्त गरेका छन् । १६ पेज लामो पत्रमा डाक्टरहरुले असान्जको शारिरीक तथा मानसिक अवस्था बिग्रँदै गएको उल्लेख गरेका छन् ।

र उनको उपचार अत्याधुनिक उपकरण भएको अस्पतालमा मात्रै सम्भव हुने भएकाले उनलाई जेलबाट छुटाएर टिचिङ अस्पतालमा सार्नुपर्ने धारणा गरेका छन् ।

यो अभियानमा बेलायत, अमेरिका लगायत विभिन्न मुलुकका चिकित्सक सहभागी छन् ।

प्रतिक्रिया
सम्बन्धित