२९ आश्विन २०८३, बिहिबार

बलात्कार प्रयासको आरोपमा मेडिसिटीका डा रोहितकुमार झा पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ मंसिर । प्रहरीले ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालका चिकित्सक डा. रोहितकुमार झा बलात्कारको आरोपमा पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार उनलाई सोमबार साँझ पक्रा गरिएको हो ।

प्रहरीका अनुसार आइतबार सामान्य स्वास्थ्य जाँचका लागि अस्पताल पुगेकी एक युवतीलाई इमरजेन्सी वार्डसँगैको कोठामा झाले बलात्कार प्रयास गरेको आरोप लागेको छ ।

उपचारका लागि अस्पताल पुगेकी ती युवतीले आफूलाई डा. झाले यौन दुर्व्यवहार गरेको किटानी जाहेरी आइतबार नै दिएकी थिइन् । झालाई मंगलबार म्याद थप गरेर अनुसन्धान गर्न अदालत लगिने प्रहरीले जनाएको छ ।