२९ आश्विन २०८३, बिहिबार

त्रिचन्द्र क्याम्पसका प्रमुख न्यौपानेमाथि कुटपिट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ९ मंसिर । त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपानेमाथि विद्यार्थीद्धारा कुटपिट भएको छ । ट्युसन फि बढाएको विरोधमा विद्यार्थीहरुले क्याम्पस परिसरमै प्रमख न्यौपानेमाथि हातपात गरेको एक प्रोफेसरले बताए ।

न्यौपानेको नाक र ढाडमा चोट छ । अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ । क्याम्पसले शुक्रबार व्यवस्थापन समितिमार्फत ट्युसन शुल्क बढाउने निर्णय गरेको थियो । त्यो निर्णयको विद्यार्थीहरुले विरोध गर्दै आएको थियो ।