२९ आश्विन २०८३, बिहिबार

निर्माण व्यवसायीहरुद्धारा प्रधानमन्त्री निवासमा धर्ना

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ मंसिर । म्याद थप, बैंक क्रेडिट लाइन, लगायतका मागहरुमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासंघले सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना दिएको छ । विहान साढे ९ बजेबाट शुरु भएको धर्ना झण्डै एक घण्टा चलेको थियो ।

धर्नामा सहभागी व्यवसायीहरुले “व्यवसायीका माग पूरा गर, सम्पूर्ण व्यवसायी एक हौं, व्यवसायी मैत्री ऐन आजको आवश्यकता, एकपक्षीय रुपमा व्यवसायीलाई मात्र दोष लगाउने काम बन्द गर, निर्माण व्यवसायीको संरक्षण गर” लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए । माग सम्बोधनका लागि सरोकारवाला अन्य निकाय उदासिन भएपछि बाध्य भएर प्रधानमन्त्री निवासमै धर्ना दिनु परेको महासंघले जनाएको छ ।

महासंघले आफ्ना मागका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवलाई जानकारी गराइसकेको छ । महासंघका अध्यक्ष रवि सिंहले अब निरन्तर एक हप्ता यसरी नै प्रधानमन्त्री निवास अगाडि धर्ना दिइने जानकारी दिए ।

निर्माण व्यवसाय अस्तव्यस्त भएका कारण मुलुकको अर्थतन्त्रमा नै समस्या देखिएका कारण आफूहरु समक्ष आन्दोलनको विकल्प्प नरहेको अध्यक्ष सिंहको भनाइ थियो ।

आन्दोलन अन्र्तगत महासंघले माइतीघर मण्डला लगायतका सडकमा कालो झण्डा सहित शान्तिपूर्ण प्रदर्शन गर्ने, वर्ग अनुसार चरणवद्ध रुपमा इजाजतपत्र सरकारलाई बुझाउने, हेभी इक्युपमेन्ट सहित सडकमा प्रदर्शन गर्ने, बोलपत्रहरु पूर्ण रुपमा वहिष्कार गर्ने जस्ता कार्यक्रम गर्ने अध्यक्ष सिंहले जानकारी दिए ।