सोमबार, ९ मंसिर २०७६
DainikNepal.com
सोमबार, ९ मंसिर २०७६

अवैध १ लाख ५९ हजार साउदी रियालसहित एक भारतीय पक्राउ

दैनिक नेपाल २०७६ मंसिर ९ गते १५:१०


काठमाडौँ, ९ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका एक भारतीय नागरिक १ लाख ५९ हजार साउदी रियालसहित पक्राउ परेका छन् ।

राहदानी नम्बर पि ९२२६३३३ वाहक ४७ वर्षीय ASHFAQ MIRZA लाई अवैध रुपमा लुकाई छिपाई लैजान लागेको १ लाख ५९ हजार साउदी रियालसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको झोलाभित्र फल्स बटम बनाई लुकाई छिपाई राखेको ५ सय दरका ३ सय १८ थान गरी उक्त रकम बराबरको साउदी रियाल प्रहरीले फेला पारेको हो ।

पक्राउ भारतीय नागरिकलाई अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित