बुधबार, २६ चैत २०७६
DainikNepal.com
बुधबार, २६ चैत २०७६

म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियाे

दैनिक नेपाल २०७६ मंसिर ९ गते १०:१३

लण्डन, ९ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।

अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड शेफिल्ड युनाइटेडसँग ३–३ को बराबरीमा रोकिएको हो ।

पहिलो हाफमा १–० ले पछि परेको म्यानचेस्टर युनाइटेडले दोस्रो हाफमा तीन गोल गरेर थप दुई गोल खाएको हो । १९ औँ मिनेटमा फ्लेकको गोलबाट शेफिल्डले सुरुवाति अग्रता लिएको थियो ।

५२ औँ मिनेटमा मोएसेटले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि म्यानचेस्टर युनाइटेडले लगातार तीन गोल गरेको हो । उसका लागि ७२ औँ मिनेटमा विलियम्स, ७७ औँ मिनेटमा ग्रीनवुड तथा ७९ औँ मिनेटमा मार्कश राशफोर्डले गोल गरे र ३–२ को अग्रता दिलाए ।

तर ९० औँ मिनेटमा म्याकबुर्नीले गोल गर्दै शेफिल्डलाई ३–३ को बराबरीमा ल्याए । बराबरीपछि १३ खेलबाट १७ अंकसहित नवौँ स्थानमा पुगेको छ । यस्तै १८ अंक जोडेको शेफिल्ड युनाइटेड छैटौँ स्थानमा पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित