१४ कार्तिक २०८३, शनिबार

प्रहरी हिरासतमा चालकको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डाेटी, ९ मंसिर । मादक पदार्थ सेवन गरी गाडी छेकेको आरोपमा जोरायल गाउँपालिका १ गैरास्थित प्रहरीचौकी गैरा डोटीले पक्राउ गरेका एक चालकको रहस्यमय तरीकाले मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपसिंह देउवाले दिएको जानकारीअनुसार मृत्यु हुनेमा गैरा बस्ने २१ वर्षीय गणेश पाली छन् ।

पालीले मापसे गरी गैराबाट डडेल्धुराको गाङ्खेत जाने कच्ची सडकमा अन्य जीपलाई जान नदिई आफूले चलाउँदै आएको से १ ज २९२ नम्बरको महेन्द्रा जीप लगी बाटो छेकेको र बाटो छेकेको जानकारी प्रहरीले पाएपछि निजलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अभियुक्त पालीले आफूलाई पिसाब लागेको भन्दै शौचालयमा गएर नाम नखुलेको दुई क्याप्सुल औषधि खाई शौचालय बाहिर निस्किँदा आगनमा ढलेको अवस्थामा प्रहरीले उठाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लैजाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।