२९ आश्विन २०८३, बिहिबार

‘गाउँ शहरको विकास र समृद्धिका लागि नेकपाका उम्मेदवारलाई मतदान’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले गाउँ शहरको विकास र समृद्धिका लागि नेकपाका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।

१४ मंसिरमा हुने उपनिर्वाचनका क्रममा रौतहटको गढीमाई नगरपालिका वडा नं. २ का उम्मेदवार जवार मियाँको चुनावी सभा तथा घरदैलो कार्यक्रममा सहभागि नेता साहले स्थानीय तहको बिकासका लागि नेकपाको बिकल्प नभएको बताए ।

‘मुलुकको समृद्धि, सुशासन तथा प्रगतिका लागि नेकपाको बिकल्प छैन्’ साहले भने, ‘गाउँ देखी शहरसम्मको बिकासका लागि मुलुकमा नेकपा आवश्यक रहेकोछ ।’ भ्रष्टाचार तथा प्रदेश २ सरकारको बजेटमा भईरहेको भागवण्डाको विरुद्धमा नेकपालाई मतदान गर्न अहिलेको आवश्यक्ता रहेको उनले बताए ।

समाजको परिवर्तन, बिकास तथा समृद्धिका लागि नेकपा नेतृत्वको सरकार योजनाबद्ध तरिकाले अगाडी बढीरहेको बताउँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना पुरा गर्न नेकपाका उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन आग्रह गरे ।

नेकपा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री समेत रहेका नेता साहले अहिले प्रदेश २ सरकारले जनताको चाहना बिपरित काम गरिरहेको आरोप लगाए । प्रदेश २ सरकारले विकासको बजेटमा लुटतन्त्र मचाएको बताए । कमिशन, भ्रष्टाचार, कुशासन, मनपरीतन्त्रमा प्रदेश २ सरकार लागेको बताउँदै उनले जनताको चाहना र आवश्यकता विपरित काम गरेको बताए ।

प्रदेश २ को समृद्धि र सुशासनका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारले विभिन्न राष्ट्रिय गौरव तथा राष्ट्रिय महत्वका आयोजनाहरुको निर्माण कार्य तिब्र गतिमा गरिरहेको उनले बताए ।

हुलाकी राजमार्ग, पुर्वपश्चिम रेलमार्ग, बारा अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं–तराई मधेस फास्ट ट्याक, मधेसको जिल्ला सदरमुकाम जोडने उतरदक्षिण राजमार्ग लगायतका आयोजनाहरुको निर्माणले प्रदेश २ समृद्ध हुने बताउँदै उनले यि आयोजना सम्पन्न गर्न सरकार लागि परेको बताए ।

चुनावी सभा तथा घरदैलो कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं रौतहट जिल्ला इन्चार्ज युवराज भट्टराई (समिर), सांसद सरला यादव, जिल्ला अध्यक्ष कमल यादव, नेताहरु देवेन्द्र पटेल, सत्यनारायण भगत लगायतको विशेष सहभागिता रहेको थियो ।