२९ आश्विन २०८३, बिहिबार

प्रधानसेनापतिबाट प्राविधिक उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ मंसिर । विकास निर्माण निर्देशनालयका निर्देशक तथा इन्जिनियरिङ्ग विभागका निमित्त विभागीय प्रमुख प्राविधिक सहायक रथी रामधर सिंहलाई प्रधानसेनापतिले दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

आइतबार जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

रामधर सिंह नेपाल सरकारको मन्त्रिपरिषद्को मंसिर ३ गतेको निर्णयअनुसार प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका हुन् ।

प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक उपरथी सिंहलाई ईन्जिनियरिङ्ग विभागका विभागिय प्रमुखको जिम्मेवारी दिईएको हो ।