आइतबार, ८ मंसिर २०७६
DainikNepal.com
आइतबार, ८ मंसिर २०७६

सिरहाको बाक्लो गाजाँ खेती फडानी गर्दै लहान प्रहरी

दैनिक नेपाल २०७६ मंसिर ८ गते २०:५५


-महेश सिंह
सिरहा, ८ मंसिर । सिरहाको ईलाका प्रहरी कार्यलय लहान र सशस्त्र प्रहरी बेस क्याम्प लहानबाट खटिएको सिरहाको प्रहरी टोलीले सखुवानान्करकट्टि गाउँपालिका ४ मा गाजा फडानी गरिएको छ ।

शनिबार बिहान ७ बजेको समयमा ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक सुमित कुशवहाको कमाण्डमा २० जना र सशस्त्र प्रहरीवाट सस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा १० जना गरी जम्मा ३० जनाको टोली जिल्ला सिरहा सखुवानान्करकट्टि गाउँ पालिका ४ सिमराहा तथा सखुवा गाउंँमा रहेको १ सय घरधुरीको ईलाकामा अवैध रुपमा लगाईएको २ हजार गाँजाको बोट फेला पारी फडानी गरी नष्ट गरीएको प्रहरी निरीक्षक कुश्वाहाले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित