
दाङ, ८ मंसिर । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले विकास र समृद्धिका लागि नेकपालाई मतदान आग्रह गरेका छन् । आइतबार दाङ क्षेत्र नम्वर ३ ‘ख’मा भएका चुनावी सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले विकास र समृद्धी नेकपाबाट मात्रै सम्भव भएकाले उपनिर्वाचनमा नेकपाका उमेद्वारलाई जिताउन मतदातालाई आग्रह गरेका छन् ।
काँग्रेसले लामो समयसम्म शासन चलाउँदा गर्न नसकेका काम नेकपाले छोटो अवधिमै गरेको दावी गर्दै मुख्यमन्त्री मुख्यमन्त्री पोखरेलले विकासको चाहना भए नेकपाका उमेद्वारलाई जिताउन सुझाव दिए । काँगेसले विकासका नाममा भ्रष्टाचार मात्रै गरेको दावी गरे । काँग्रेसले विकास निर्माणका काममा अवरोध सिर्जना गर्ने गरेकाले कयौँ काम हुन ढिला भएको बताए ।
चुनावी सभालाई सम्बोधन गर्दै नेकपाकी सचेतक शान्ता चौधरीले समानता र समानुपातिक विकासका लागि नेकपाले चुनाव जित्नुपर्ने धारणा राखे । काँग्रेस सामन्तवादको गुरु भएको बताउँदै सचेतक चौधरीले नेकपाबाट मात्रै समृद्धी सम्भव भएको बताए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य जकप्रसाद शर्मा‘अपार’ले काँग्रेसले चुनाव जिते दाङ विकासको दृष्टिकोणले ५० वर्ष धकिलिने बताउँदै नेकपाले जिते मात्रै विकासले गति लिने बताए ।
चुनावी सभालाई सम्बोधन गर्दै नेकपाकी प्रदेश सभा सदस्यका उमेद्वार विमला वलीले आफूले चुनाव जिते जनताको सुखदुःखमा साथ दिने बताए । श्रीमान् गुमाएपछि आफू एक्लो भएकाले अबको जीवन जनताको सेवामा समर्पित गर्ने बताए । नेकपाले आज दंगीशरण २ को डाँगीचौर र तुलसीपुर १० पढ्ढामा चुनावी सभा गरेको थियो ।
त्यसक्षेत्रका निर्वाचित प्रदेश सभा सदस्य उत्तरकुमार वलीको दुर्घटनामा निधन भएपछी यहीँ मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । नेकपाले उत्तरकी पत्नीलाई उमेद्वार बनाएको छ भने नेपाली काँग्रेसले केशव आचार्यलाई उमेद्वार बनाएको छ ।















प्रतिक्रिया