
बारा, ८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा मंसिर १० गते निजगढमा आयोजना गरिने कार्यक्रमको तयारी करीब पुरा भएको छ । कार्यक्रममा बारा बाट ३० हजार जनसहभागिता गराउने तयारी गरिएको छ ।
समृद्धि र विकासका लागि आयोजना गरिएको जनसभामा नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाका बाराका युवा नेता मनोज पौडेलले जानकारी दिए ।
राष्ट्रिय गौरवका आयोजनाहरु फाष्ट ट्रयाक, अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), हुलाकी मार्ग लगायतका आयोजना निर्माणको कामलाई प्रभावकारी रुपमा अघि बढाउन र प्रदेश नम्बर २ लाई विकास र समृद्धिको दिसामा अघि बटाउन कार्यक्रमको आयोजना गरिएको युवा नेता पौडेलको भनाई छ ।
प्रदेश नम्बर २ को आयोजनामा हुन लागेको विशाल जनसभामा प्रदेशका आठै वटै जिल्लाबाट व्यापक जनताको उपस्थिति रहने र कार्यक्रममा बाराबाट मात्रै ३० हजार जनसहभागीता गराउने तयारी रहेको नेकपा बाराका अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठले बताए ।
बारा जिल्लाका १६ वटै पालिका, त्यस अन्तर्गतका वडा कमिटी र जनसंगठनको भेला सम्पन्न गरी जनपरीचालनमा लागिएको नेकपा बाराका सचिव एवम् प्रदेश सभाका सदस्य सुन्दर बिकको भनाई छ । निजगढमा रहेको हिरालाल खेल मेदानमा आयोजना हुने जनसभामा पूर्व प्रधानमन्त्री प्रचण्डलगायत विभिन्न विभागीय मन्त्रीहरुले सम्बोधन गर्नेछन् ।















प्रतिक्रिया