बुधबार, २६ चैत २०७६
DainikNepal.com
बुधबार, २६ चैत २०७६

विद्युतको पोलमा किन राखियो खर ?

दैनिक नेपाल २०७६ मंसिर ८ गते १५:१०

डडेल्धुरा, ८ मंसिर । नवदुर्गा गाउपालिका वडा नंं. १ पलेत्थर गाउँमा विद्युतको पोलमा खर राखिएको छ ।

३ वर्ष पहिले गाडिएको विद्युतको पोलमा तार नतानिएपछि गाउँलेहरुले विद्युत पोललाई खर राख्नका लागि प्रयोग गरेका छन् ।

करिव २० घर परिवार रहेको यस गाउँमा विद्युत विस्तारका लागि नेपाल विद्युत प्राधिकरण डडेलधुरा वितरण केन्द्रले तिन वर्ष पहिले सात वटा विद्युतका पोल गाउँमा दिएको थियो ।

स्थानीय बासिन्दाहरुले विजुली बाल्ने आसले पोल गाडेको भएपनि तिन वर्षसम्म पोलमा तारसम्म तानिएपछि गाईगोरुलाई खुवाउनका लागि जम्मा गरिने खर राखिएको छ ।

घर नजिकै गाडिएको विद्युतको पोल हेरेर बस्नु बाहेक अन्य कुनै विकल्प नरहेको स्थानीय बासीन्दाले बताएका छन् । विद्युतको तार सम्म तान्नका लागि नेपाल विद्युत प्राधिकरण वितरण शाखा डडेल्धुरालाई पटक पटक आग्रह गर्दा पनि सुनवाई नगरेपछि करिव तिन वर्षदेखि विजुली वाल्ने सपना पुरा नभएको स्थानिय बासिन्दा बताउँछन् ।

गाडिएका पोलमा तिन वर्षसम्म पनि तार नतानिँदा यस गाउँका स्थानीयको विजुली बाल्ने सपना पुरा हुन सकेको छैन । घर नजिकै विद्युतका पोल गाडिएको भएपनि यस गाउँका स्थानिय हरुलाई रातीको समयमा भने सोलार बत्ती वा दियालोको भरमा बस्नु परेको छ ।

उक्त गाउँमा विद्युत विस्तारका लागि भौगोलिक बनावटले उपयुक्त नभएकाले विस्तारमा समस्या भएको भए पनि यसै वर्षको कार्यक्रम अन्र्तगत गाउमा विजुली बाल्ने योजना रहेकोे नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका निमित्त पदमराज भट्टले बताए ।

प्रतिक्रिया
सम्बन्धित