बुधबार, २६ चैत २०७६
DainikNepal.com
बुधबार, २६ चैत २०७६

सडक र आरक्षणक्षेत्रको पीडाबारे नेकपा क्षेत्रीय सदस्य खड्गाको ध्यानाकर्षण

दैनिक नेपाल २०७६ मंसिर ८ गते १४:४५

सप्तरी, ८ मंसिर । कोशी टप्पु बन्य जन्तु आरक्षण क्षेत्रबाट निस्कने जंगली हात्तीका कारण बालीनाली नष्ट गरेपछि नियन्त्रणका लागि सम्बन्धित निकायलाई नेपाल कम्युनिस्ट पार्टीका सप्तरी क्षेत्रीय सदस्य सञ्जय खड्काले ध्यानाकर्षण गराएका छन् ।

सप्तकोशी नगरपालिका–११ देखि कञ्चनरुप नगरपालिका समेतको उत्तरी भेगमा आरक्षण क्षेत्र पर्छ । सो क्षेत्रबाट निस्किएका जंगली हात्तीले बालीनाली नष्ट गर्नुका साथै मानवीय क्षतिको सम्भावना रहेको भन्दै खड्गाले जिल्ला प्रशासन कार्यालय समेतको ध्यानाकर्षण गराएका थिए ।

‘यस भेगका जनताको समस्या सुनुवाईका लागि सम्बन्धित निकायमा जानकारी गराइएको छ तर ध्यान दिए जस्तो लागेको छैन’, खड्गा भन्छन्,‘आरक्षणबाट निस्किएका जनावरले बालीनाली नष्ट गर्नुका सार्थ, जंगली हात्तीको त्रास पनि उत्तिकै छ ।’

सुनसरीको चतरादेखि सप्तकोशी नगरपालिका हुँदै कञ्चनरुपसम्म जोडिने वैकल्पिक राजमार्गमा बढी भार क्षमता भएका सवारी साधनमा कुनै नियम नहुँदा सडक जर्जर हुने सम्भावनालाई पनि उनले औंल्याएका छन् ।

‘हालै मात्र सडकको स्तरोन्नती भएको छ । तर बालुवा गिटीलगायतका ढुवानी गर्ने बढी भार क्षमता भएका सवारीमाथि कुनै किसिमको नियमन नगर्दा सडक भत्कने खतराबारे पनि जानकारी गराइएको छ’, खड्गा गुनासो गर्छन्,‘यस विषयमा चाँडो सुनुवाई हुनुपर्ने भए पनि ध्यान दिएको अवस्था छैन ।’

खड्गालगायतले संघीय सरकार माथाहतका निकाय, प्रदेश २ सरकारका माथाहतका निकायमा पनि जानकारी गराएको तर त्यससम्बन्धी प्रतिक्रिया र कामकारबाही कसरी गर्ने सम्बन्धमा चासो लिइएको छैन ।

प्रतिक्रिया
सम्बन्धित