२९ आश्विन २०८३, बिहिबार

पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दमक, ७ मंसिर । पौडी खेल्ने क्रममा खोलामा डुबेर झापाको दमकमा शनिबार दुई जना बालकको ज्यान गएको छ ।

दमक–१ स्थित निर्माणाधीन रतुवा खोलाको पुल नजिकको खोलामा डुबेर दमक १ का नौ वर्षीय आयुस पुर्कुटी र पाँचथर जिल्ला फाल्गुनन्द गाँउपालिका–५ घर भई हाल दमक– १ बस्दैआएका १२ वर्षीय निश्चल चेम्जोङको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय कुमार पण्डितले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुल निर्माणका क्रममा खोलाभित्र इक्साभेटरले खनेको दहमा पौडी खेल्दा दुवै बालकको घटनास्थलमा मृत्युभएको थियो । बालक साथीसँग पौडी खेल्न गएका प्रहरीको भनाइ छ ।

प्रहरीले बालकको शव परीक्षणका लागि परिवारलाई जिम्मा लगाइ घटनाको सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रनाउ पण्डितले बताउनुभयो । –रासस