२९ आश्विन २०८३, बिहिबार

चितवन मेडिकल कलेजको होस्टलबाट बन्दुक बरामद, सुरक्षा व्यवस्था कडा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

चितवन, ७ मंसिर । चितवन मेडिकल कलेजको होस्टलमा बन्दुक फेला परेको छ । चितवन प्रहरीले भरतपुर ५, कैलाशनगरमा रहेको होस्टलबाट पेस्तोल (सर्टगन) बरामद गरेको हो ।

मेडिकल कलेजको होस्टलबाट पेस्तोल फेला परेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

होस्टलका सुरक्षा गार्डले शंकास्पद गतिविधि भइरहेको जानकारी दिएपछि प्रहरीले त्यहाँबाट पेस्तोल भेटेको हो ।

मेडिकल कलेजका विद्यार्थीहरु दुई महिनादेखि शुल्कका विषयलाई लिएर अन्दोलनरत छन् । उनीहरुले आइतबार पनि चितवनमा बृहत प्रदर्शनीको तयारी गरेका छन् । यस घटनाको बारेमा अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।