२९ आश्विन २०८३, बिहिबार

भरतपुर महानगरपालिका प्रमुख र उपप्रमुख सहितको टोली वेल्जियम जाने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चितवन, ७ मंसिर । भिजिट नेपाल २०२० को पूर्व सन्धामा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल नेतृत्वमा उपप्रमुख पार्वती शाह ठकुरीसहितको ४ सदस्यीय उच्च स्तरीय टोली वेल्जियम भ्रमणमा जाने भएको छ । उनीहरुले आगामी महिना डिसेम्वर ८ वाट १७ वेल्जियममा भ्रमण गर्ने तालिका रहेको छ । उनीहरूको दुतावासवाट भिषा (प्रवेश आज्ञा) प्राप्त भइसकेको छ ।

प्रवासमा बसेका नेपालीले आफ्नै तरिका मूलुकका लागि योगदान दिइरहेका छन् । यसैको अवसर पारेर वेल्जियमका ४ नगरपालिका (ग्रोवेन्दोंक ,कोन्तिक , अन्रोपन , डुफेल) तथा वेल्जियमको फेडरल संसदका सांसद कोन मित्सु र युरोपियन युनियनका सांसद असिता कान्कोको संयुक्त निमन्त्रणमा भरतपुर महानगरपालिका उक्त टोली वेल्जियम भ्रमणमा जान लागेको हो ।

वेल्जियमका विभिन्न निकायहरुवाट भरतपुर महानगर क्षेत्रमा विकास निर्माणमा के के र कसरी सहयोग गर्न वा जुटाउन सकिन्छ ? यहाँका स्थानीय निकायहरूले खानेपानी, साईकल सडक विस्तार, फोहोर व्यवस्थापन, सडक वत्ति तथा ट्राफिक व्यवस्थापनका विभिन्न महानगर उपयोगी क्षेत्रमा नजिकबाट नगरपालिका प्रमुख उपप्रमुखहरु सहित अध्ययन भ्रमण गर्ने व्यवस्था मिलाएको छ ।

दुई देशका जन प्रतिनिधि तथा स्थानीय निकायका कर्मचारी र जनताहरुबीच कसरी सम्बन्ध मजवूद बनाउँदै जनस्तरको कुटनैतिक सम्बन्ध अझै मजबुत बनाउन यो उच्च स्तरीय टोलीलाई वेल्जियममा रहेका नेपाली संघ संस्थाहरुवाट सृजनात्मक र उपयोगी राय सुझाव संकलन गरिने छ ।

चितवन महानगरपालिका भित्र लगानीका विविध सम्भावना अनुसन्धान, खोज गरि महानगरको विकासमा प्रवासमा रहेका नेपालीहरुलाई एक जुट बनाउन उच्च स्तरीय टोलीको स्थानीय नेपाली संघ सस्थाहरूसंग भेटघाट पनि गर्ने छ ।

साथै भ्रमणका अवसरमा दाहाल नेतृत्व टोलीले ब्लतधभचउभल एचयखष्लअभ का प्रमुख लुक लेमन्स , फलामिस कानून, वातावरण तथा पर्यटन मन्त्री सुहाल देमिर, वेल्जियन केन्द्रीय संसदका सांसद तथा इडिगम नगरपालिका मेयर कोन मित्सु, फलामिस सांसद तथा डुफल नगरपालिका मेयर सोफी योसन लगायतसंग भेटघाट गर्ने छ ।

साथै टोलीले युरोपियन संसदका ७६ सदस्य रहेको समूह भ्ऋच् ग्रुपकी उपाध्यक्ष असिता कान्कोसँग छलफल र युरोपियन संसदको भ्रमण समेत गर्ने छ । साथै टोलीलाइ सोही दिन वेल्जियन केन्द्रीय संसदका साँसद तथा इडिगम नगरपालिका मेयर कोन मित्सुले वेल्जियमको केन्द्रीय संसद र सिनेटको भ्रमण समेत गराउनेछन् ।

यो उच्च स्तरीय भ्रमण टोलीको सम्पूर्ण प्रशासनिक तथा प्राविधिक समन्वय गर्ने मौका प्रदान गरेकोमा भरतपुर महानगरकी प्रमुख, उपप्रमूख तथा निरन्तर सम्पर्कमा रही समन्वय गर्ने प्रोफेसर ई. हरि भण्डारी लगायत महानगरपालिका प्रति नपाली समाज वेल्जियमले आभार व्यक्त गरेको छ ।

वेल्जियम र नेपालको कुटनैतिक सम्बन्ध स्थापना भएको यतिका वर्षपछि स्थानीय निकायका उच्च पदस्थ पदाधिकारीहरुको यो पहिलो भ्रमण सफल बनाउने वातावरण तयार गर्न सहयोग गर्ने वेल्जियमका लागि नेपाली दूतावास लगायत एनआ रएन अध्यक्ष चित्र सुवेदी, चितवन सहायता कोषका अध्यक्ष भुवन सुवेदी लगायतमा समेत समाजले आभार व्यक्त गरेको छ ।

यो उच्च स्तरीय भ्रमणवाट वेल्जियमका विभिन्न नगरपालिकाहरुसँग एकै पटक भगिनी संस्था स्थापनार्था ःझयचबलमगm या ग्लमभचकतबलमष्लन ९ःयग्० पनि गर्ने कार्यक्रम तयार हुँदै गरेको बताइएको छ । साथै भ्रमण टोली वेल्जियमका उच्च पदस्थ पदाधिकारीहरूलाइ नेपाल भ्रमण वर्ष २०२० मा नेपाल भ्रमण गर्न निमन्त्रणा समेत दिने छ ।

स्मरणीय छ वेल्जियमबाट यस अगाडी पटक पटक उच्च स्तरीय सासदहरुको टोली, मेयर उपमेयरहरु सहितको टोलीले भरतपुर महानगरपालिकासहित नेपालका विभिन्न स्थानमा सद्भावना भ्रमण गरिसकेको छ ।

नेपालवाट ढुम्रे भंसार नगरका पदाधिकारीहरूले यहाँको डुफेल नगरपालिकाको दोहोरो भ्रमण सम्पन्न गरिसकेका छन् । नेपाली समाज वेल्जियमका अध्यक्ष तथा सफल रेष्टुरेन्ट व्यवसायी कृष्णप्रसाद रेग्मीले यो प्रशासनिक तथा प्राविधिक व्यवस्थापनको भूमिका निर्वाह गरिरहेका छन् ।

उनी वेल्जियम स्थित ग्रोव्रनदोक्क नगरपालिकाको वातावरण सल्लाहकार तथा सोही नगरपालिकाको वेल्जियमकै सबैभन्दा ठूलो दल ल्ख्ब् को संगठन विभाग प्रमुख समेत रहेका छन् ।

भ्रमण टोलीमा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी रत्नप्रसाद लामिछाने, सिनियर डिभिजन इन्जियनर, भरतपुर महानगरपालिकाका सल्लाहकार प्रो.इ हरिप्रसाद भण्डारी रहेका छन् ।

यो भ्रमणबाट दुई देशका स्थानीय निकायबीच आपसी सद्भाव र मित्रता बढ्ने अपेक्षा समेत गरिएको छ ।