आइतबार, ८ मंसिर २०७६
DainikNepal.com
आइतबार, ८ मंसिर २०७६

शीर्षक, प्रचण्डकी बुहारी

विनोद ढकाल २०७६ मंसिर ७ गते १२:२५

आजभोलीका समाचारका हेडलाइन देखेर प्रश्नले घोच्नु स्वभाविक बनिरहेको छ । मन्त्रिपरिषद् हेरफेरका विषयमा कतिपय सन्तुष्ट छैनन् । कतिपयका आफ्ना मत होलान् । कतिपयका आफ्नै मुल्यांकन । स्वमुल्यांकनको जगमा उभिएर आफ्नो निर्णयलाई सामाजिक सञ्जालमा प्रस्तुत गर्दा, अनलाइन न्युज पोर्टलमा अभिव्यक्त गर्दा कसैको मानमर्दन वा मानलाई नै ‘अप’ गरिदिने प्रचलन बढ्यो ।

जस्तो एउटा हेडलाइन (शीर्षक)– कार्यसम्पादनमा अब्बल गोकर्ण फालिए, फेल भएकी प्रचण्ड बुहारी दोहोरिइन् ।

यो समाचारभित्रका तथ्य र प्रस्तुतीका आधार र प्रमण होलान् । हेडलाइनले समाचारलाई कति न्याय ग¥यो त्यो एउटा विषय होला तर त्यसले कतिको कसरी मानमर्दन ग¥यो यसमा शव्द केलाउन आवश्यक ठानें । नातामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र खानेपानी मन्त्री बिना मगर ससुरा बुहारी हुन्, दुनियाँलाई पत्तो भएको कुरा हो । तर यीनको आफ्ना स्वतन्त्र परिचय र जिम्मेवारी छन् । प्रचण्ड वा बिनालाई परस्पर बनाएर लेखिनुको अर्थ नेकपा बिनाले र खानेपानी मन्त्रालय प्रचण्डले चलाउने अर्थ पनि लाग्छ । यस हिसाबले प्रचण्डलाई खानेपानी मन्त्री या बिनालाई पूर्वप्रधानमन्त्री जोडे पनि त हुने भएछ नि !

यो खुकुलो तर्कमा अडिनु हुँदैन । यो उदाहरण हो । राजनीतिभित्र सम्बन्ध र प्रभावका छायाँ कति छन् त्यो नेपथ्यमा नै हुन्छ । अनुमानित विषयलाई तथ्यगत प्रस्तुती भन्न सकिँदैन । तर यस्ता मसिना कुराले कसैको अस्तित्व जोडेर हेडलाइन बनाउनुलाई पत्रकारिता मान्ने कि के मान्ने ? जसको स्वतन्त्र अस्तित्व छैन, उसलाई भन्न सकियो । सार्वजनिक जीवन छैन, उसलाई जोड्न सकिएला ।

विनोद ढकाल

अर्कोचाहिँ बिना मगर प्रचण्डको बुहारी भएकै कारणले मात्र मन्त्रिपरिषद्को सदस्यमा कायम भएकी हुन् त भन्ने प्रश्न छ । यो कत्तिको सत्य हुनसक्छ ।

बिनालाई प्रचण्डकी बुहारी भन्दै गर्दा, गगन थापालाई अर्जुननरसिंह केसीको ज्वाँई भनी कतिजनाले लेखेको छ ? सुजाता कोइरालालाई गिरीजाप्रसादकी छोरी भनी कतिले अस्तित्व दिएको छ ? प्रकाशमान सिंहको समाचारमा कतिले भनेका छन्– गणेशमानको छोरो ?

प्रचण्डले बारम्बार भनेका छन्– सरकारको काम र कार्यक्षेत्र प्राधिकार प्रधानमन्त्रीको निर्णयमा आधारित हुन्छ । उहाँको कार्यक्षेत्र हो । सचिवालय बैठकले त यसलाई आधिकारिक निर्णय नै गरिदियो । तैपनि खानेपानी मन्त्री बिना मगर हट्नु या नहट्नुको हेडलाइनको शीर्षक प्रचण्डकी बुहारी भनेर किन झोसिन्छ होला ? बिना मगर मन्त्री भएका कारण, उनको आफ्नै अस्तित्व, कमजोरी र सवल पक्ष होलान्, त्यसलाई केलाउनु उपयुक्त होइन र ?

राजनीतिक अस्तित्व सबैको हुन्छ । बिनालाई प्रचण्डकी बुहारी भन्दै गर्दा, गगन थापालाई अर्जुननरसिंह केसीको ज्वाँई भनी कतिजनाले लेखेको छ ? सुजाता कोइरालालाई गिरीजाप्रसादकी छोरी भनी कतिले अस्तित्व दिएको छ ? प्रकाशमान सिंहको समाचारमा कतिले भनेका छन्– गणेशमानको छोरो ? नियतका आधारमा, निचोड निकाल्नु, त्यसको शीर्षक चयन गर्नु समाचार बिकाउको कारक मात्र हुन्न, नियति निम्त्याउने विषय हुन्छ । जसको अस्तित्व स्वतन्त्र बनेको छ, जिम्मेवारी दिइएको छ उसको अस्तित्वको पनि प्रचार हुनुपर्छ । उसका सफलता र राम्रा काममा अस्तित्व दिने अनि, अलिकति खराब जस्तो देखियो वा आलोचना गर्नुप¥यो भने राजनीतिको केन्द्रविन्दुमा रहेका व्यक्तिमाथि गरिने प्रहारलाई छद्मभेषी, गुरिल्ला आक्रमण नै भनिन्छ । शव्दवाण गुरिल्ला हुन थाल्यो भने लेखनको अस्तित्व नै प्रश्नमा अड्किन्छ ।

प्रचण्ड त्यो आयाम हुन् जसले आधुनिक राजनीतिको जगमात्र बसालेनन् बर्षौंसम्म पीडामा रहेका आमसाधारणको आक्रोशलाई बन्दुक, बारुद, विचारमार्फत अभिव्यक्त गराउने प्रशिक्षण गरे । समानताको आवाज बुलन्द बनाउन सिकाए । आज भुगोलदेखि क्षेत्र र जातीका प्राधिकारमात्र होइन, समान उपस्थितिको समानुपातिक प्रणालीलाई स्थापित गराए । तैपनि उनका एकाध कमजोरीका नाममा समग्र राजनीति धुमिल बनाउने कुण्ठालाई परिवारका सदस्यसँग  जोडेर बदनाम गराउन खोज्नेहरूको लावालस्कर लागेकै छन् । यो एउटा सुखद प्रमाण पनि हो । जबसम्म प्रचण्ड छन्, राजनीतिको केन्द्रविन्दु उनको ताकतमा नै घुमिरहन्छ भन्ने ।

प्रचण्ड आम भन्दा अलिक फरक किन छन् भने राजनीति थालेको ३० बर्षमा २४० बर्षको विरासत ढाल्ने प्रशिक्षण, गठजोड र जनआन्दोलन गर्न गराउन सफल भए । लोकतान्त्रिक मान्यता राख्ने तर श्री ५ समेत मानेर सत्ताको वरिपरि हिँड्नुको विकल्पको नेपाल हुनसक्छ भन्ने परिकल्पनाधारी हुन् प्रचण्ड । प्रचण्ड व्यक्ति पनि हुन् उनका नीजि कमजोरी छैनन् भन्ने होइन । तर, उनलाई नियत र नियतीको आँखाले होइन, आम साधारणको आँखाले व्याख्या गर्नुपर्छ । आखिर व्यक्तिगत जीवनका कमीकमजोरी, पीडा र स्वार्थ हर व्यक्तिले पालेकै छ । भित्री मनलाई गएर कसैले विचरण गरोस् ।

प्रतिक्रिया
सम्बन्धित