२९ आश्विन २०८३, बिहिबार

नेपालमा लगानी गरी आर्थिक फाईदा लिनुस् : मुख्यमन्त्री गुरुङ

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले नेपालमा लगानी गरी आर्थिक फाईदा लिन अमेरिकी लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

हाल अमेरिकाको भ्रमणमा रहेका मुख्यमन्त्री गुरुङले अमेरिकाको वाशिङटन राज्यका गर्भनर जे इन्सुलीसँगको दुई पक्षीय भेटका क्रममा सो आग्रह गरेका हुन् ।

दुई पक्षीय भेटमा मुख्यमन्त्री गुरुङले भौगोलिक रुपमा नेपाल विश्वका दुई ठूला अर्थतन्त्र चीन र भारतको बीचमा रहेकाले नेपालमा लगानी गरी प्रचुर आर्थिक फाईदा लिन आग्रह गरे ।

नेपालमा खास गरी पूर्वाधार निर्माण जलविद्युत, कृषि, स्वच्छ ऊर्जा, पर्यटन, जडिवुटी र वनस्पति जस्ता क्षेत्रमा लगानीको प्रचुर संम्भावना रहेकाले नेपाल भ्रमण गरी ती सम्भावनाहरुलाई लगानीमा परिणत गर्न मुख्यमन्त्री गुरुङले अनुरोध गरे ।

प्रतिउत्तरमा वासिङटन राज्यका गर्भनर जे इन्सुलीले नेपाल भ्रमण गर्ने तीव्र ईच्छा रहेको र नेपालका हिमालहरुको संरक्षणका लागि विभिन्न फोरमहरुमा आफुले कुरा उठाउने गरेको बताए ।

सो अवसरमा वाशिङटन राज्यका लागि एशिया प्यासिफिक अमेरिकी मामिलाका कमिसनर मोहन गुरुङले नेपाल र अमेरिकाको वाशिङटन राज्यबीच व्यापार विस्तारको प्रशस्त सम्भावना रहेको बताए ।

नेपाल र अमेरिकाको वाशिङटन राज्यबीच व्यापार विस्तारका लागि सन् २०२० सम्ममा संयुक्त व्यापार संरचना निर्माण गर्ने उद्देश्यका साथ काम भइरहेको उनले बताए ।