२९ आश्विन २०८३, बिहिबार

बागी उम्मेद्वार चौधरी सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


घोराही, ६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दाङ घोराही उपमहानगरपालीका वडा नं. १६ को उप निर्वाचनमा बागी उमेद्वार मनोनयन दर्ता गराएका जगलाल चौधरीलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त गरेको छ ।

पार्टी निति विपरित नेकपाको उमेद्वार विरुद्व चौधरीले बागी उमेद्वारी दर्ता गराई कांग्रेसको उमेद्वारलाई सहज बनाउँने सडयन्त्र गरेको भन्दै नेकपा दाङले एक प्रेस विज्ञप्ती जारी गरी कारवाही गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका अध्यक्ष टिकाराम खड्का र सचिव सुवास पुनद्वारा जारी विज्ञप्तीमा भनिएको छ – जगलाई चौधरीलाई निष्कासन गरिएको छ र जगलाई चौधरीलाई सहयोग गर्नेहरुलाई मातहतका सम्बन्धित कमिटिहरुले कडा भन्दा कडा कारवाही गर्न निर्देशन जारी गर्दछौँ ।

साथै विज्ञप्ती मार्फत पार्टीको आधिकारिक उम्मेद्वार सुरेश बहादुर केसीलाई निर्वाचनमा सक्रिय भई विजय गराउने अभियानमा लाग्न सम्पूर्ण मातहतका संघ तथा संगठनलाई अनुरोध समेत गरिएको छ ।