२९ आश्विन २०८३, बिहिबार

‘फर्किन्नँ म फर्किन्नँ कहिलै मेरो देश’ भन्दै रुवाए भागिरथ र शान्ति श्रीले (म्युजिक भिडियाे)

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । कालापानी र लिपुलेकको सीमा विवादले आम जनसमुदाय तातिरहेका बेला कलाकार भागिरथ चलाउने र शान्ति श्री परियारद्धारा ‘कहिले बोल्छ देश ?’ लोक तथा दोहोरी गीत रिलिज गरेका छन् ।

गीतले पछिल्लो समय भारतद्धारा अतिक्रमण गरेको भूमिका विषयमा मार्मिकता प्रस्तुत गर्दै आउँदो दिनमा कर्णाली कोसी सुरक्षित गर्नुपर्ने सन्देश समेत दिएको छ । गीतको माध्यम मार्फत हत्या, हिँसा, बलात्कार, चोरी, डकैती, घुस, लुटतन्त्रलाई खबरदारी गरिएको छ ।

देशभित्रको अत्यास लाग्दो नातावाद, कृपावादबाट आजित भएर विदेश जान बाध्य लाखौँ नेपालीको जीवनमा आधारित गीत तयार पारिएको सर्जक चलाउनेले जनाए ।

‘विगतमा कस्लाई सोध्ने होला’, ‘गोरखपुरको सलाई’ लगायत धेरै चर्चित गीत पस्किसकेका गायक चलाउने र शान्ति श्रीको यो देशभक्तिपूर्ण गीत सार्वजनिक भएको हो ।

निकै उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गीतमा देशको पछिल्लो घटनाक्रमलाई समेत दमदार रुपमा उठाइएको छ । भागिरथ चलाउनेको लय तथा शब्द सिर्जना रहेको गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ ।

हरि विष्टको निर्देशन रहेको सो गीतमा करण चौसिरले भिडियो खिचेका छन् भने उत्तम कुमार कार्कीको सम्पादन रहेको छ ।

म्युजिक भिडियो