
काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई जिम्मेवारीबाट हटाएर नयाँ मन्त्री नियुक्त गरेका छन् भने केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ ।
बुधबार साँझ पठाइएको सूची औपचारिक रुपमा सार्वजनिक गरिएको छैन ।
नयाँ मन्त्रीहरूलाई भोलि राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम रहेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल र उद्योगमन्त्री मातृका यादव तथा श्रम मन्त्री गाेकर्ण बिष्ट मन्त्रीबाट हटाइएका छन् ।
उनीहरूको ठाउँमा क्रमशः बसन्त नेम्वाङ, हृदयश त्रिपाठी, पार्वत गुरुङ, घनश्याम भुषाल र लेखराज भट्ट नियुक्त भएका छन् ।
स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानून मन्त्री बनाइएको छ भने कानूनमन्त्री भानुभक्त ढकाल स्वास्थ्यमन्त्री बनाइएको छ ।

















प्रतिक्रिया