२९ आश्विन २०८३, बिहिबार

मारुती सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ द्धारा सम्मानित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ मंसिर । मारुती सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ (NS:49/Marked Ordinary Portland Cement) द्वारा सम्मानित भएको छ ।

यसअघि कम्पनीले क्लिंकर ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्री वितरणको लागि एन.एस÷आई.एस.ओ ९००१ः२०१५ (NS/ISO 9001:2015) र क्लिंकर – क्रशिङ, ग्राइन्डिङ र क्लिंकराइजेशन एवं ओ.पि.सि. सिमेन्ट (ग्राइन्डिङ र प्याकिङ) को लागि एन.एस÷आई.एस.ओ १४००१ः२०१५ (NS/ISO 14001:2015) द्वारा सम्मानित नेपालकै पहिलो कम्पनी बन्न सफल भएको थियो । यी सम्मानहरुसँगै मारुती सिमेन्ट नेपालकै सर्वाधिक विश्वसनीय ब्राण्डको रुपमा स्थापित भएको छ ।

सम्मान ग्रहण गरेलगत्तै कम्पनीका ब्राण्ड म्यानेजर राजु श्रेष्ठले भने “यसको मुख्य श्रेय सम्पूर्ण उपभोक्ता महानुभाव, शुभचिन्तकवर्ग तथा मारुती सिमेन्टसँग आवद्ध सम्पूर्ण सहकर्मीहरुलाई दिन चाहन्छौँ । साथै, कम्पनीको तर्फबाट आभार व्यक्त पनि गर्दछौँ र आगामी दिनहरुमा पनि अझ दरिलो विश्वासको साथ आफ्नो गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रहिरहने छौँ ।”

मारुती सिमेन्ट आज भन्दा एक दशक अगाडि नेपाली सिमेन्ट जगतमा एउटा महानायकको भूमिका निर्वाह गर्दै नेपालकै पहिलो तथा निजी स्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो ।

पूर्वाञ्चलको उदयपुर पहाडी क्षेत्रमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक रोटेरी टेक्नोलोजीको ग्रीनफिल्ड प्लान्टद्वारा सर्वोत्कृष्ट ओ.पि.सी. सिमेन्ट – मारुती सिमेन्टको उत्पादन भइरहेको छ ।