५ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रीकी बुहारी पनि पीडामा

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली १३ वर्षअघि भारतमा प्रत्यारोपित मृगौला फेर्न विदेश जाने तयारीमा छन् । तर, उनको आफ्नो मृगौला दिने उपकारी बुहारीका बाबुको व्यथा बेग्लै छ ।

आफ्नो मृगौला दिने भाइबुहारीका पिताजी अहिले आफै सोही समस्याबाट ग्रस्त बनेका छन् । नाम हो, ध्रुव घिमिरे, चितवनका पुराना एमाले नेता । प्रधानमन्त्रीका भाइ ताराकी पत्नी अञ्जना घिमिरेले १३ वर्षअघि आफ्नो एउटा मृगौला जेठाजुलाई दिएकी थिइन् । उनका बुबालाई पनि यही बिमारीले सताएको छ ।

तर, उनी आर्थिक सहयोगका लागि सरकार कहाँ नजाने पक्षमा छन् । जनआस्था साप्ताहिकले खबर छापेकाे छ ।