३० आश्विन २०८३, शुक्रबार

एनआरएनएका मध्यपूर्व संयोजक गुरुङ कतारमा सम्मानित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व संयोजक प्रवीन गुरुङ आफ्नै कर्मभूमि कतारमा सम्मानित भएका छन् ।

तमु (गुरुङ) समाज, कतारले एक भव्य कार्यक्रमका वीच कतारमा स्थापित सफल युवा व्यवसायी गुरुङले आफ्नो पहिचानसगैँ तमुको नयाँ ईतिहास रचेको भन्दै सम्मानित गरेको हो ।

गुरुङ परम्परा अनुसार तमु समाजले विशेष कार्यक्रमका विच गुरुङकी धर्मपत्नी सरिता गुरुङसहित फूलमाला र खादाले सम्मानित गरेका थिए ।

पृथक सोँच र भिन्न पहिचानका साथ गुरुङको छोरो प्रवीन विगत भन्दा फरकशैलीका साथ आफ्नो सामाजिक छविलाई थप उचाई पुराउन समेत सम्मान कार्यक्रममा सहभागी तमुहरूले शुभकामना दिए ।

सो अवसरमा बोल्दै संयोजक गुरुङले तमुहरूबाट पाएको सम्मानलाई थप उचाईमा पुराउदै सामाजिक सेवामा थप सक्रिय बन्ने प्रतिवद्धता जनाए । छिटै रचनात्मक नयाँ खालको कार्यक्रम ल्याउने बताए ।

भरतपुर महानगरपालिका गुन्जनगरमा घर भएका गुरुङ विगत सन् २००९ देखि कतारमा व्यवसाय गर्दै आइरहेका छन् । उनी कतारको सफल व्यवसायीको रुपमा परिचित छन् ।

विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहदै कतारका धेरै क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेका उनले खाडीका नेपालीहरुलाई एकवद्ध बनाएका छन् ।

गुरुङले सन् २०११ सालमा एनआरएनए कतारको पञ्जिंकृत सदस्यता लिएका थिए । उनी एनआरएनए कतारको २०१५–२०१७ को कार्यकालका लागि निर्विरोध निर्वाचित द्धितिय उपाध्यक्ष हुन् ।

उनले २२ वटा बढी कम्पनी कतारमा संचालन गरिरहेका छन् । उनी सन् २००४ मा कामदारको रुपमा कतार आएका थिए ।

उनी कतारमा दोहोरी साँझ खोल्ने पहिलो नेपाली बन्न सफल हुन् । यसअघि नेपाल आईडलको ग्रयाण्ड फाईनल र भ्वाईस अफ नेपालको ग्राण्ड फिनाले आयोजना गरे र इतिहार रच्न सफल छन् ।