३ कार्तिक २०८३, मंगलबार

नेकपाको सचिवालय बैठक बुधबार बस्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

फाइल तस्वीर

काठमाडौं, ४ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकमा एकता बाँकी काम पूरा गर्न र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिएका छन् ।

पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको अधिकांश काम सकिए पनि केही कमिटीको काम अझै नसकिएकाले बैठक बस्न लागेकाे हाे । आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो ।