२९ आश्विन २०८३, बिहिबार

विप्लवका पूर्वपोलिटब्यूरो सदस्य धमलाद्वारा समूह परित्याग

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ मंसिर । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्वपोलिटव्यूरो सदस्य कृष्ण धमलाले सो समूह परित्याग गर्नुभएको छ । धमलाले आज एक विज्ञप्तिमार्फत आफूले सो समूह परित्याग गरी स्वतन्त्र वामपन्थीका रुपमा क्रियाशील रहने बताउनुभएको छ ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले चन्द नेतृत्वको नेकपा परित्याग गरेको उल्लेख गर्नुभएको छ ।

धमला तत्कालीन नेकपा (माओवादी केन्द्र)का तर्फबाट सुर्खेत जिल्ला इन्चार्ज एवं महाधिवेशन आयोग समितिका सदस्यसमेत हुनुहुन्थ्यो । २०५३ सालदेखि वाम राजनीतिमा सक्रिय धमला सुर्खेतको कम्युनिष्ट आन्दोलनका संस्थापकमध्येका एक हुनुहुन्छ । –रासस